कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ पक्राउ

काठमाडाैं | फागुन ६, २०७९

कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ पक्राउ

धनगढी:  कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् ।

 

नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले  पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका-४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ ।

 

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए ।

 

उनकाअनुसार उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ ।

 

बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्