केन्याली स्टेफनले जिते पोखरा म्याराथन, राजपुराको ह्याट्रिक
पाेखरा | फागुन ६, २०७९
पोखरा: सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्या धावक स्टेफेन कोसगेईले लगातार दोस्रो पटक जितेका छन् । आज (शनिबार) पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् ।
केन्याका धावक स्टेफनले अघिल्लो संस्करणमा सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।
यस्तै केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।
पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्धितीय भएका सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् ।
हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुराको ह्याट्रिक
यस्तै शनिबार नै सम्पन्न भएको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईले ह्याट्रिक गरेकी छिन् । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पूरा गरिन् ।
एपिएफकी वृन्दा देसार श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन । यस्तै नेपाल पुलिसकी रेखा विष्ट सान्त्वना भईन । उनले १ घण्टा ३० मिनेट १४ सेकेण्ड मा पूरा गरिन् ।
महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतीय पूर्णलक्ष्मीले ७५ हजार र सान्त्वना भएकी विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

