राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार चयन हुन्छ : महामन्त्री शर्मा
काठमाडाैं | फागुन ७, २०७९
सुर्खेत: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतल निवासमा कांग्रेसकै नेतृत्व देखिने उहाँको दाबी छ । निर्वाचनको समयमा रहेको गठबन्धन बमोजिमकै राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेस उम्मेदवार नै राष्ट्रपति हुने उहाँको आशय छ । पुस १० गते अघिकै गठबन्धन ब्युँतिने सङ्केत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पदमा कांग्रेस अग्रसर हुनु स्वाभाविक रहेको बताउनुभयो ।
गठबन्धन ब्युँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्नेगरी भए पनि काङ्ग्रेसले सहमति जनाउन सक्ने उहाँले बताउनुभयो । ‘कांग्रेसले आफू प्रधानमन्त्री हुनेभन्दा पनि संविधानको रक्षा र प्रणालीलाई सफल बनाउन पाँच वर्ष पूरै कार्यकाल वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै दिन सकिन्छ ।’
उहाँले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रूपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

