'पाँच वर्षमा लुम्बिनीका घरघरमा खानेपानीका धारा'
काठमाडाैं | फागुन ८, २०७९
अर्घाखाँची :लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले प्रदेशका सबै घरधुरीमा खानेपानीका धारा निर्माण गर्ने गरी काम अगाडि बढेको बताएका छन् ।
सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले पाँच वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा खानेपानीको विस्तार गर्ने गरि काम अगाडि बढाउने बताए ।
सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।
आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर-घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिँदै अधुरा कामलाई पनि क्रमश अगाडि बढाउने मन्त्री आचार्यको भनाइ छ ।
जिल्लामा बढ्दो बसाइसराइ रोक्नका लागि शिक्षा र स्वास्थ्यमा गुणस्तरीय पहुँच पुराउने गरी काम अगाडि बढाउनुपर्ने बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

