'पाँच वर्षमा लुम्बिनीका घरघरमा खानेपानीका धारा'
काठमाडाैं | फागुन ८, २०७९
अर्घाखाँची :लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले प्रदेशका सबै घरधुरीमा खानेपानीका धारा निर्माण गर्ने गरी काम अगाडि बढेको बताएका छन् ।
सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले पाँच वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा खानेपानीको विस्तार गर्ने गरि काम अगाडि बढाउने बताए ।
सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।
आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर-घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिँदै अधुरा कामलाई पनि क्रमश अगाडि बढाउने मन्त्री आचार्यको भनाइ छ ।
जिल्लामा बढ्दो बसाइसराइ रोक्नका लागि शिक्षा र स्वास्थ्यमा गुणस्तरीय पहुँच पुराउने गरी काम अगाडि बढाउनुपर्ने बताए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

