सडक निर्माणमा रकम हिनामिना गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं | फागुन ८, २०७९
काठमाडौं: सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा तत्कालिन इञ्जिनियर सरोज कुमार दाहाल र सब इञ्जिनियर नविन कुमार विसीविरूद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानका क्रममा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको पाइएकोले दुवैजनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको जानकारी दिए।
दुवैजनाले आपसी मिलेमतो गरी सडक निर्माणका योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा विवरण पेश गरी प्रतिवेदन समेत तयारी गरी मापदण्ड अनुसार सडक निमार्ण भएको भनी बदनियतपूर्वक काम गरेको पाइएको अख्तियारको ठम्याइ छ।
पक्राउ परेका दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

