पोखरा: वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते, उपचार हुँदै
पाेखरा | फागुन ९, २०७९
photo Anish Bhattarai
पोखरा: पोखरा महानगरपालिका ३३ ठूलढुंगा नजिक वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् ।
वनमा भेटाएको विस्फोटक पदार्थ घरमा ल्याएर खेलाउँदा विस्फोट हुँदा दुई जना बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।
‘वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएको अनुसन्धानको क्रममा देखिएको छ, खड्काले भने, ‘विस्फोटक पदार्थ विस्फोट हुँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् ।’
उनका अनुसार घाइते भएका दुई बालकको हात र खुट्टामा चोट लागेको छ । अहिले उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

