पोखरा: वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते, उपचार हुँदै

पाेखरा | फागुन ९, २०७९

पोखरा: वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते, उपचार हुँदै photo Anish Bhattarai

पोखरा:    पोखरा महानगरपालिका ३३ ठूलढुंगा नजिक वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् । 

   
वनमा भेटाएको विस्फोटक पदार्थ घरमा ल्याएर खेलाउँदा विस्फोट हुँदा दुई जना बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । 


‘वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएको अनुसन्धानको क्रममा देखिएको छ, खड्काले भने, ‘विस्फोटक पदार्थ विस्फोट हुँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् ।’ 


उनका अनुसार घाइते भएका दुई बालकको हात र खुट्टामा चोट लागेको छ । अहिले उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्