लमही–घारोही–तुलसीपुर सडकको निर्माण कार्य ढिलो भएको सांसद गिरीको आपत्ति

काठमाडाैं | फागुन १०, २०७९

लमही–घारोही–तुलसीपुर सडकको निर्माण कार्य ढिलो भएको सांसद गिरीको आपत्ति

काठमाडौं:  नेपाली कांग्रेसका सांसद दिपक गिरीले दाङस्थित लमही–घारोही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भइरहेकोमा आपत्ति जनाउनु भएको छ । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उहाँको आपत्ति थियो ।

 

उहाँले भन्नु भयो, ‘‘दाङमा ३० महिनामा बन्नुपर्ने बाटो आज चार वर्ष हुँदा पनि बाटो नबनेका कारणले यो चार वर्षको समयमा करिब २२ जनाको मृत्यु भइसकेका छन् । यस्तो डरलाग्दो अवस्था छ बाटोको । वर्षामा हिलाम्मे हुने, हिउँदमा धुलो उडने । तर सरकारी निकाय अथवा सडक विभाग अथवा नेपाल सरकार किन मौन छ ? के कारणले हो ढिला भएको ? यसको बारेमा सभामुखमार्फत् यो गरिमामय सदनलाई जानकारी गराउनु पर्‍यो । यस्ता कुराहरु उठिरहन्छन् । त्यो बाटो किन आजसम्म बनिरहेका  छैन ?’’

 

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाई हुनुको कारणबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

 

उहाँले ३० महिनामा सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य तीन पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने पनि बताउनु भयो ।

 

‘‘अहिले सुन्दैछु–त्यो आयोजना रद्द हुँदैछ । अनि त्यसपछि के हुने ? यसबारे नेपाल  सरकारले वास्तविक कुरा भन्नु पर्‍यो । यहाँ शून्य समयमा धेरै कुराहरु राखिन्छ । तर, त्यसको बारेमा केही जवाफ आउँछ ? माननीय सदस्यहरुले आफ्ना गम्भीर कुराहरु प्रस्तुत गर्नु हुन्छ । तर, त्यसको उचित जवाफ कहिल्यै नआएको महसुस हामीले गरेका छौं ।,’’ सांसद गिरीले भन्नुभयो, ‘‘तसर्थ, त्यो लमही–घारोही–तुलसीपुर सडकको चार लेन बाटो तीन पटक म्याद थपेर पनि त्यो ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको छ । त्यसको बारेमा नेपाल सरकार अथवा सडक विभागले यसको जवाफ दिनुपर्छ भनेर माग गर्दछु ।’’

 

सांसद गिरीले सरकारले सांसदहरुले संसदको विशेष समय र शून्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गर्नुभयो । सांसद गिरीले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि पटक–पटक आग्रह गर्नु भयो ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता...

थप पढ्नुहोस्

पोखरा:   दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्।  रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिक...

थप पढ्नुहोस्

नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको न...

थप पढ्नुहोस्