स्कुलबसको ठक्करबाट एकको मृत्यु
काठमाडाैं | फागुन १०, २०७९
बिर्तामोड: झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जनाको मृत्युभएको छ । साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले मोटरसाइकललाई ठक्कर दिएको हो ।
विपरित दिशातर्फ जाँदैगरेको ०१—०१६ प ३१५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । दुर्घटनामा परी घाइते ताप्लेजुङ निवासी मोटरसाइकल चालक बर्ष ३० का समिर लिम्बुको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्युभएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने स्कुलबस इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको तथा ठक्कर दिने चालक इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

