स्मार्ट होलिडेजमा खगेन्द्र न्यौपानेको प्रवेश
काठमाडाैं | फागुन ११, २०७९
काठमाडौं: एनआरएन सचिव खगेन्द्र न्यौपाने नेपालमा ट्राभल एण्ड टुर्समा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.मा आवद्ध भएका छन् ।
दुवै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष समेत रहेका छन् । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने मलेशियामा एनचाएनका पुर्व अध्यक्ष। एटी ग्रुप अफ मलेशियाका संस्थापक सञ्चालक तथा भिनोलिभा हस्पिटालिटिको अध्यक्ष समेत रहेका छन् ।
न्यौपानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको जानकारी गराउनु भयो । काठमाडौं हात्तिसारमा राजिटर्ड कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आउनु भएको थियो ।
नेपाल बाहिर समेत व्यापार व्यवसायमा सफल रहेका खगेन्द्र न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्न सकिने संस्थाका सञ्चालक इश्वर सापकोटाले जानकारी दिनु भयो । कम्पनीको सामुहिक कारोबार यहि फ्रेबरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने कम्पनीका सञ्चालक बालकृष्ण खड्काले जानकारी गराउनु भयो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

