गाई मारेको आरोपमा बागलुङमा ४ जना पक्राउ
काठमाडाैं | फागुन ११, २०७९
बागलुङ : गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की छन्।
डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।
पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको प्रनि खड्काले बताए।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

