छँगेली नेवा खल पोखराको आयोजनामा भैरव नाच हुने
पाेखरा | फागुन १२, २०७९
पोखरा: छँगेली नेवा खल, पोखराको आयोजनामा भैरव नाच कार्यक्रम हुने भएको छ । फागुन २४ गते पोखरा फुलबारीमा नाच आयोजना गर्न लागिएको छँगेली नेवा खल, पोखराका अध्यक्ष शिबलाल मल्लले जानकारी दिए ।
नाच सम्पन्न गर्नका लागि विभन्न ६ वटा उपसमिती बनाइएको छ । मुल समारोह व्यवस्थापन समितीको संयोजक शिबलाल मल्ल, सदस्यहरुमा तेजकुमार मल्ल, भरत कर्माचार्य, रुद्र मल्ल, विष्णुकुमार श्रेष्ठ , बुद्धी मल्ल, रमेश मल्ल, सुर्य राजभण्डारी विश्णुश्याम मल्ल रहेका छन् ।
यस्तै पुजा व्यवस्थापन उपसमितीमा सुना मल्लको संयाजकत्वमा सदस्यहरु निर्मला मल्ल नारायणी श्रेष्ठ, लक्ष्मण मल्ल , अन्जु मल्ल, अर्मिला मल्ल, लक्ष्मी मल्ल, शान्ती कर्माचार्य, बिन्दु मल्ल, सरस्वती मल्ल रहेका छन् । प्रचारप्रसार उपसमितीमा सन्जय मल्ल संयोजक तथा जयराम कायस्थ, रामप्रताप मल्ल, मनिराज मल्ल सदस्य छन् ।
कार्यक्रम सफल बनाउन अर्थिक व्यवस्थापन उपसमितीमा प्रल्हादभक्त कायस्थ संयोजक, हेमन्त मल्ल, श्याम मल्ल, कृष्ण मल्ल सदस्य रहेका छन् । खाना व्यवस्थापन उपसमितीमा बालकृष्ण श्रेष्ठ संयोजक, मिलन श्रेष्ठ, ज्ञाननारायण श्रेष्ठ, लक्ष्मण मल्ल सदस्य छन् । स्वयमसेवक व्यवस्थापन उपसमितीमा संयोजक मोहन मल्ल, सदस्यहरु रविन्द्र मल्ल, सुरेन्द्र मल्ल, सुर्यकुमार श्रेष्ठ, इश्वर कर्माचार्य, सन्जय श्रेष्ठ, सुमन कायस्थ रहेका छन् ।
तनहुँको साविक छांग गाविसबाट बसाइसराइ गरि पोखरा बसोबास गरेकाहरुले २०७२ सालमा ाछांगेली नेवाः खल पोखराको स्थापना गरेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

