श्रीमानद्वारा श्रीमतीको हत्या
विराटनगर | फागुन १२, २०७९
गाईघाट: उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमति युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्र भित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा श्रीमति युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा सव फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ३ किलोमिटर टाढा घटनास्थल भएकाले बिहीबार साँझ प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाड्मका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्काले बताउनुभयो ।
प्रहरीले श्रीमान बिनोद खत्रीलाई नियन्त्रणमा लिएर थप्प अनुसन्धान थालेको छ । विनोदका परिवारमा दुई वर्षको छोरा र आमाबुबा रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

