आशावादी गुरुङ भन्छन्ः –‘पुस २५ सम्म धेरै कुरा पाक्छ नी !’
काठमाडाैं | फागुन १३, २०७९
नेकपा एमालेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पुस २५ गतेसम्म ‘धेरै कुरा पाक्ने’ प्रतिक्रिया जनाएका छन् ।
राष्ट्रपतिको विषयलाई लिएर नेकपा माओवादी केन्द्रसँग खटपट बढेपछि बिहान बसेको सचिवालय बैठकले पार्टीबाट सुभाषचन्द्र नेम्वाङ्गलाई उम्मेदवार चयन गरेको छ । उम्मेदवार चयनपछि गुरुङले उक्त प्रतिक्रिया दिएका हुन् ।
गुरुङले भनेका छन्, ‘पुस २५ गते आउन बाँकी छ, त्यतिबेलासम्म धेरै कुरा पाक्नेछ ।’ भनाइको आशयअनुसार त्यतिबेलासम्म नेपालको राजनीतिक डिस्कोर्स पुस १० कै सहमतिअनुसार अघि बढ्नसक्छ भन्ने हो ।
साथै, उनले गठबन्धन टुटेको छैन भन्दै पुस १० कै सहमतिअनुसार राष्ट्रपतिको .उम्मेदवार तय गरेको बताएका छन् ।
त्यतिञ्जेलसम्म एमाले सरकारबाट नबाहिरिने गुरुङको भनाई छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

