पोखरा ४ का वडासदस्य श्रेष्ठको निधन
पाेखरा | फागुन १४, २०७९
पोखरा: पोखरा महानगरपालिका ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ ।
पोखरा ४ का वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए ।
‘बिहीबार सम्म वडामा आउनुभएको थियो, हिजो (शुक्रबार) स्वास्थ्यमा समस्यामा आएपछि फिस्टेल हस्पिटलमा चेकजाँचका लागि जानुभएको रहेछ, कोइरालाले भने, ‘हस्पिटलमा उपचारको क्रममा उहाँको आज बिहान निधन भएको रहेछ ।’
स्वर्गीय वडासदस्य श्रेष्ठ नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय श्रेष्ठको दुई छोरा, एक छोरी र श्रीमती छन् ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

