पोखरा ४ का वडासदस्य श्रेष्ठको निधन

पाेखरा | फागुन १४, २०७९

पोखरा ४ का वडासदस्य श्रेष्ठको निधन

पोखरा:  पोखरा महानगरपालिका ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ ।

 
पोखरा ४ का वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए । 


‘बिहीबार सम्म वडामा आउनुभएको थियो, हिजो (शुक्रबार) स्वास्थ्यमा समस्यामा आएपछि फिस्टेल हस्पिटलमा चेकजाँचका लागि जानुभएको रहेछ, कोइरालाले भने, ‘हस्पिटलमा उपचारको क्रममा उहाँको आज बिहान निधन भएको रहेछ ।’


स्वर्गीय वडासदस्य श्रेष्ठ नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय श्रेष्ठको  दुई छोरा, एक छोरी र श्रीमती छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्