एनटिभी पत्रकार हितंगाको दुर्घटनामा परि मृत्यु

बुटवल | फागुन १४, २०७९

एनटिभी पत्रकार हितंगाको दुर्घटनामा परि मृत्यु

बुटवल:  बुटवलका पत्रकार मनोज हितंगाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गए राती करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितंगा सवार मोटरसाइकलाई बसले ठक्कर दिएको थियो । 

 

बुटवलको मिलन चोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलन चोक तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको  यात्रु बाहक बस बसपार्क नजिकै ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

 

दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

 

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । पाल्पाको तानसेनका स्थायी बासिन्दा हितंगा करिब १५ वर्ष देखि बुटवलको बुद्ध नगरमा बस्दै आउनु भएको थियो । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्