पेरिस ओलम्पिक: महिला फुटबल छनोट नेपालमा हुने

काठमाडाैं | फागुन १४, २०७९

पेरिस ओलम्पिक: महिला फुटबल छनोट नेपालमा हुने

काठमाडौं : नेपालले अर्को वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ को एरिया महादेशको महिला फुटबल छनोट अन्तर्गत समूह ‘सी’को खेल आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल आयोजक चयन भइसकेको बताएको छ।

 

नेपालले समूह ‘सी’को छनोटमा भियतनाम र अफगानिस्तानसँग खेल्ने छ। समूह ‘सी’मा परेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि तीन टिम मात्रै सहभागी हुनेछन्। पहिलो चरणका खेलहरू अप्रिल चारदेखि सुरु हुनेछन्।

 

पहिलो चरणबाट समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछन्। उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन्। दोस्रो चरणमा पुगेका टिमहरूलाई तीन समूहमा विभाजन गरेर तीन समूह विजेता र एक उत्कृष्ट उपविजेता टिम तेस्रो चरणमा पुग्ने छन्।

 

तेस्रो चरणबाट शीर्ष दुई टिमले अर्को वर्ष हुने पेरिस अ‍ोलम्पिकमा स्थान बनाएने छन्। नेपाली राष्ट्रिय टिमले ओलम्पिक छनोटको तयारी स्वरूप भारतसँग यही महिना दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। भारतविरुद्धको पहिलो खेल २–२ तथा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्