पृथ्वीराजमार्गको घाँसीकुवा–विमलनगर खण्ड बिहीबारदेखि दैनिक ४ घण्टा बन्द हुने
पाेखरा | फागुन १४, २०७९
पोखरा: मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर खण्डमा मर्मतका लागि रातिको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द गरी सडकको भित्तो काट्ने काम गर्ने निर्णय भएसँगै रातको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको हो गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराले जनाएको छ ।
हाललाई १० दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पञ्चिम खण्डमा सडक विस्तारका काम भइरहेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

