नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

काठमाडाैं | फागुन १५, २०७९

नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

दुबईः आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका लागि दोस्रो विकेट गुल्शन झाले लिएका छन्।

 

नेपालका लागि सोमपाल कामीले चार ओभरमा ६ रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्। यस्तै करण केसीले पाँच ओभरमा सात रन खर्चेर दुई मेडन राख्दा डेब्यूट्यान्ट प्रतिश जिसीले चार ओभरमा २३ रन खर्चिएका छन्। दीपेन्द्रसिंह ऐरीले एक ओभरमा मेडन राखेका छन्।

 

पीएनजीका लागि ओपनर टोन उरा १३ बलमा दुई रन जोडेर आउट हुँदा विकेटकिपर किप्लिन डोरिगा ५९ बलमा चार चौकासहित २९ बनाएर पेभेलियन फर्केका हुन्। डोरिगा गुल्शनको बलमा करण केसीको हातबाट क्याच आउट भए। सेसे बाउ १८ रन बनाएर खेलिरहेका छन्। गुल्शनले चार ओभरमा १७ रन खर्चेर एक विकेट लिएका हुन्।

 

पीएनजीले १८ ओभर सकिँदा दुई विकेट गुमाएर ६१ रन बनाएको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्