‘प्रथम फ्लो फ्लो कप’फुटबल प्रतियोगितामा आज ६ खेल सम्पन्न
पाेखरा | फागुन १६, २०७९
पोखरा: गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।प्रतियोगिता सुरु भएसगैं सोमबार ६ खेल सम्पन्न भएको हो।
सोमबार सम्पन्न पहिलो खेलमा सीतलज्योती एफसीले बिजयपुरलाई ३/१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो ।
यस्तै दास्रो खेलमा दीप १६ले एनएम वाइ सीलाई ३/२ गोल अन्तरले पराजित गर्दै अघिल्लो संस्करणमा प्रवेश गर्न सफल रहयो भने तेस्रो खेलमा रामघाटले म्याग्दी चोकलाई २/० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
चौथो एलजी एकता र खरबारी एफसी बीचको खेलमा एलजीले खरबारीलाई २/१ अन्तरले बिजयी गर्दै अघिल्लो चरणमा प्रवेश गनृ सफल रहयो । त्यसैगरी पाचौं खेलमा भने रत्न समाजले ३/० गोल अन्तरले लेकसाइडलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल रहयो । यस्तै छटौ खेलमा निकी एफसीले १/० गोल अन्तरले सिरेस एफसीलाई पराजित गर्दै दोस्रो चरण प्रवेश गर्न सफल भयो ।
प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५र५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । प्रतियोगिता पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन १४ गते देखि २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

