प्रथम फ्लो फ्लो कप फुटबल प्रतियोगिता जारी, दोश्रो दिन चार खेल सम्पन्न

पाेखरा | फागुन १६, २०७९

प्रथम फ्लो फ्लो कप फुटबल प्रतियोगिता जारी, दोश्रो दिन चार खेल सम्पन्न

पोखराः     पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लबद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी रहेको छ । 

 

प्रतियोगितामा दोश्रो दिन चार खेल सम्पन्न भएको आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा ढुंगेसांघु फुटबल क्लबले सिङदी लाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुंगेसांघुका जय गुरुङले निर्णायक गोल गरेका थिए ।


त्यसैगरी दोश्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमलपोखरीका सन्दीप गुरुङले २ र प्रदीप गुरुङले १ गोल गर्न सफल भए । 

 

त्यसैगरी तेश्रो खेलमा हाम्रो एफसीलाई कृष्ती एफसीले २-१ गोल  अन्तरले पराजित गर्न सफल रहयो । खेलमा कृष्ती एफसीका योगेश क्षेत्री र मनोज गुरुङले समान १-१ गोल गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल रहे भने हाम्रो एफसीका अनिस श्रेष्ठले सान्त्वना गोल गरे ।


अन्तिम खेलमा गन्नी ब्लूूले निकु एफसीलाई ७-२ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा गन्नी ब्लूको तर्फबाट गनेश क्षेत्री (गन्नी) ले ६ गोल र हेमन्त तामाङले १ गोल गर्न सफल रहे भने निकुको तर्फबाट प्रयास गुरुङले २ गोल गर्न सफल रहे । 


प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।


यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्