गण्डकी प्रदेश सभामा भ्यानबाट खसेर प्रहरी घाइते
पाेखरा | फागुन १७, २०७९
पोखरा: पोखरामा प्रहरीको भ्यानबाट खसेर एक प्रहरी जवान घाइते भएका छन् ।
गण्डकी प्रदेश सभामा प्रहरीको भ्यानबाट खसेर प्रहरी जवान पटक बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए ।
आज गण्डकी प्रदेश सभामा आज प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै थिए ।
प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीको तारमा अल्झिँदा पोलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रदेश प्रहरी गणका सलामी टोली सदस्य बुढाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको कास्की प्रहरीले जनाएको छ ।
प्रदेश सभा प्राङ्गण प्रवेशका क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा प्रहरी जवान पटक बुढा भुइँमा बजारिन पुगेका हुन् ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

