प्रदेश १ ले आजै नाम पाउने
विराटनगर | फागुन १७, २०७९
विराटनगर: प्रदेश १ ले आज नामकरण टुङ्ग्याउने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढ्न लागेको हो ।
प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरूबीच सैद्धान्तिक सहमति भएको छ । यो नामप्रति नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको भने सहमति छैन ।
नामकरणको प्रस्ताव अगाडि बढाउन केहीबेरमा सर्वदलीय बैठक बस्ने तयारी छ । अहिले सबै दलहरू संसदीय दलको बैठक बसेर नामकरणका विषयमा दलको धारणा तय गर्दैछन् ।
नामकरणको विषयमा यसअघि पनि दलहरूबीच खासै छलफल भएको थिएन । प्रदेश १ मा पहिचान पक्षधर विभिन्न समूहले पहिचानका आधारमा नाम राख्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । नामको विषयमा विवाद बढ्न सक्ने भएकाले दलहरूले यस पटक मुख्य दुई दलले चुपचाप सहमति बनाएका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

