नेपाल यू १९ ले यूएईलाई दियो १९२ रनको लक्ष्य
काठमाडाैं | फागुन १८, २०७९
यूएई : देव खनालको अर्धशतकप्रेरित नेपाल यू १९ ले आईसीसी यू १९ विश्वकपको एसिया रिजन छनोटमा यूएईलाई एक सय ९२ रनको लक्ष्य दिएको छ। अज्मानस्थित इडेन गार्डेन ओभलमा जारी खेलको ४.५ ओभरमा सबै विकेट गुमाएर नेपालले एक सय ९१ रनको योगफल तयार गर्यो।
नेपालका लागि ८४ बलको सामना गरेका कप्तान देवले तीन चौका र एक छक्कासहित ५१ रनको इनिङ खेले। यस्तै, उत्तम रङ्गु थापा मगरले ३६,विशाल विक्रम केसीले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
यूएईका लागि ध्रुव पराशरले सर्वाधिक तीन तथा आयान अफ्जल खान र हरित हरिस सेट्टीले दुई–दुई विकेट लिए। यस्तै, हर्सित सेठ र अमार बदामीले एक–एक विकेट लिए।
नेपालले आजको खेलमा जित निकाल्न सके अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउने छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा पछिल्लो पटक यू १९ विश्वकप खेलेको थियो।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

