पोखरामा वृहत ज्ञान महायज्ञ तथा भजन महोत्सव चैत २५ देखि, विजेताले ५१ हजार पुरस्कार पाउने

पाेखरा | फागुन १८, २०७९

पोखरामा वृहत ज्ञान महायज्ञ तथा भजन महोत्सव चैत २५ देखि, विजेताले ५१ हजार पुरस्कार पाउने

पोखरा:  राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले पोखरामा वृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरेको छ । 


पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा चैत २५ देखि फागुन २ गतेसम्म महायज्ञ तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 


पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले पोखरामा वृहत ज्ञान महायज्ञ भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरिएको बताए । 


‘विकासको गतिसँगसँगै आफ्ना परम्परागत मूल्य मान्यताहरुबाट समाज टाढा हुँदै गएको छ, हाम्रा भावी सन्ततीहरुलाई आफ्ना मूल्य र मान्यता बारेमा सचेत बनाउन जरुरी छ, पराजुलीले भने, ‘संस्कार र संस्कृति संरक्षण गर्न पोखरामा महायज्ञसँगै राष्ट्रब्यापी खुल्ला भजन चुड्का प्रतियोगिता आयोजना गरेका छौं ।’


वृहत भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई नेपाल टेलिभिजनबाट सञ्चालन हुन लागेको भजन च्याम्पियनमा सिफारिस गर्ने समेत अध्यक्ष पराजुलीले जानकारी दिए । 


‘राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई भजन च्याम्पियनमा सिफारिस गर्दै छौं, चैत २५ देखि सुरु हुने प्रतियोगितामा देशभरका ४४ जिल्लासहित १ सय बढी समूहको सहभागिता रहन्छ ।’ उनले भने । 


प्रतियोगिताको विजेताले ५१ हजार, दोस्रो हुने समूहले ३१ हजार, तेस्रो हुने समूहले २१ हजार र सान्त्वना हुने समूहले ११ हजार र विद्यागततर्फ उत्कृष्ट नृत्य, उत्कृष्ट झाँकी, अनुशासिन समूह र भेषभूषातर्फ क्रमशः ७ हजार ५ सयका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


भजन प्रतियोगितामा १० देखि ३५ जनाको समूह हुनुपर्ने छ भने, १ हजार ५ सय रुपैयाँ प्रतियोगिता शुल्क कायम गरेको छ ।  


वृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा १ करोड आम्दानी, ३५ लाख ४४ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट संकलन भएको रकमले पोखरामा राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माण गर्ने जनाएको छ । महायज्ञमा चैतन्यकृष्ण प्रमुख वाचक रहेका छन् । 
 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्