एक जोर जुत्ताको मूल्य दुई करोड डलर

काठमाडाैं | फागुन २१, २०७९

एक जोर जुत्ताको मूल्य दुई करोड डलर

अमेरिका: एउटा जुत्ताको मूल्य दुई करोड रुपियाँ पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । प्रख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले प्रयोग गरेको जुत्ताको मूल्य दुई करोड रुपियाँको तोकिएको छ । 

 

विश्व खेलकुदका सर्वाधिक खेलाडी मानिन्छन् माइकल जोर्डन । उहाँको ख्याति बास्केटबलसँग जोडिएको छ । म बास्केटबलका यी सर्वाधिक नामुद खेलाडी जोर्डनको जुत्ताको कुरा हो । अमेरिकाको मुख्य व्यावसायिक बास्केटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय बास्केट बल एसोसिएसन (एनबीए) का हालसम्मकै सर्वाधिक लोकप्रिय खेलाडी जोर्डन हुनुहुन्छ । बास्केटबल खेलेरै उहाँले अकूत सम्पत्ति आर्जन गरेका छन् ।

 

हाल उहाँको कुल सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर बराबर छ । हाल ६० वर्ष उमेर पुगेका जोर्डनको नेतृत्वमा उहाँको टिम सिकागो बुल्सले छ पटक एनबीए जितेको छ । त्यही एनबीए जित्दा उहाँले लगाएका विभिन्न छ जोडी जुत्ता बिक्रीका लागि अहिले प्रदर्शनमा राखिएको छ । गत हप्ता प्रदर्शनका लागि यी छ जोर जुत्ता दुबईमा राखिएको थियो भने त्यसपछि हङकङ हुँदै सिंगापुर पुग्नेछ । र, यसको अन्तिम लिलामी हुनेछ । जसले बढी रकम दिन्छ, उसैले यी जुत्ता लिएर जान्छ । 

 

जोर्डनले लगाएको यो जुत्ता सोथवी नामक संस्थाले बेच्न पाउने अधिकार पाएको छ । द डाइनेष्टी कलेक्सनका नाममा सङ्कलन गरिएका यी छ जोर जुत्ताको मूल्य करोडौँ डलर हुने कुरा जनाएको छ । संस्थाका अनुसार, एक जोर जुत्ताको करिब दुई करोड डलर र छ जोर जुत्ताको करिब १० करोड डलर पर्ने अनुमान छ । कुनै पनि खेलाडीको जुत्ता वा उहाँले लगाएको पहिरनको यति धेरै मूल्य पर्ने यो पहिलो पटक हुनेछ । संस्थाले जुत्ता सङ्कलनकर्ता वा सङ्ग्रहकर्ताका लागि यो बहुमूल्य मोनालिसाको तस्बिर वा पवित्र र दुर्लभ वस्तु हो भनेर यसको बढाइचढाइ गरेको छ । 

 

यी सबै जुत्ता बुल्सका कर्मचारी टिम हल्यामले माइकल जोर्डनबाट प्राप्त गरेका थिए । ती छ जोर जुत्ता सन् १९९१, ९२, ९३, ९६, ९७ र ९८ मा उहाँले एनबीए खेल्दा लगाएका थिए । ती छ वटै प्रतियोगितामा जोर्डनको टिमले विजय हात पारेको थियो । त्यसो त जोर्डनले सन् १९९८ मा एनवीए जित्दा लगाएको जर्सी पनि गत वर्ष मात्र एक करोड डलरमा बिक्री भएको थियो । 

 

माइकल जोर्डनले आफ्नो खेल जीवनमा दुई वटा ओलम्पिक स्वर्ण पदक, छ पटक एनवीए च्याम्पियनसिपको उपाधि,  पाँच पटक एनबीएको सर्वाधिक महत्त्वपूर्ण खेलाडीको उपाधि जितेका छन् । 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्