नेप्सेमा १४ अंकको सुधार
काठमाडाैं | फागुन २३, २०७९
काठमाडौं : नेप्से परिसूचक १४ अंकले बढेको छ। नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५३ अंकले बढेको छ।
यसदिन २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँमा खरिदबिक्री भयो।
आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
शुभम पावर र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। सीवाईसी नेपाल लघुवित्त वित्तीयको मूल्य ५ प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो।
सो कम्पनीको १२ करोड मूल्य बढिको सेयर खरिदबिक्री भयो। यसैगरी हिमालयन डिस्टिलरी र छिमेक लघुवित्त वित्तीयको मूल्य क्रमश ९ करोड र ५ करोड बढिको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो।
पाँच उपसमूहको १ प्रतिशत बढिले मूल्य बढेको हो। ११ उपसमूहको मूल्य बढ्दा मनु एन्ड प्रो र म्युचुअल फण्डको मूल्य घटेको हो।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

