फुटबलका मनिष डाँगीलाई वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे अवार्ड

काठमाडाैं | फागुन २३, २०७९

फुटबलका मनिष डाँगीलाई वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे अवार्ड

काठमाण्डाै: फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बनेका छन् ।

 

प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले विश्व कप छनाेटमा इराकसँगकाे खेलमा उत्कृष्ट गाेल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनशिपकाे उद्घाटन खेलमा आयाेजक माल्दिभ्सँगकाे खेलमा पनि गाेल गरेका थिए । मनिषलाई मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पनि जिताएका थिए ।

 

मनिषले फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।

 

यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्