बाह्र वर्षपछि पुल निर्माण सुरु

दैलेख | फागुन २४, २०७९

बाह्र वर्षपछि पुल निर्माण सुरु फाइल तस्बिर

दैलेख: दैलेखको राकम कर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ। २०६७ मा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो। २०६७ मा ठेक्का भई २०७१ पुस मसान्तसम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएपछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिल्लर मात्र उठाएर बेपत्ता भएको थियो। 

 

कुमार श्रेष्ठ निर्माण सेवा काठमाडौँका प्रभु गिरीले १२ वर्षअघि निर्माण कार्य सुरु गरेको भए पनि बीचमा पुलको प्राविधिक स्टिमेटका कारण पुल निर्माण कार्य लम्बिएको बताउनुभयो। उहाँले सुरुमा वेल डिजाइन रहेको पुल अहिले पाइल डिजाइनमा पास गरेपछि निर्माण सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी एक वर्षभित्र पुल निर्माण कार्यले पूर्णता पाउँछ।” उहाँका अनुसार पुल निर्माणका लागि दैलेखतर्फबाट एउटा पिल्लर हालेर सुरु गरिएको थियो। अछाम भागबाट पिल्लर हाल्दा ढुङ्गा लागेपछि कम्पनीले निर्माण कार्य रोकी पुलको डिजाइन स्टिमेट परिवर्तन गरिएको थियो।

 

 त्यसपछि बल्ल निर्माण कार्य सुरु गरिएको कम्पनीका प्रतिनिधि गिरीले बताउनुभयो। उहाँका अनुसार अघिल्लो वर्ष एउटा पिल्लर हालेको र अर्को वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। १२ वर्षअघि १३ करोड १३ लाखमा सम्झौता भएको थियो। अहिले पनि त्यही लागतमा निर्माण गर्नुपर्ने समस्याका कारण आफूहरूलाई काम गर्न चुनौती थपिएको उहाँको भनाइ छ। 

 

आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले पुल निर्माण कार्य छिटोभन्दा छिटो सक्न कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो। उहाँले नागरिकले समेत आफूहरूलाई कहिले पुल बन्छ भन्ने प्रश्न बारम्बार सोध्ने गरेको समेत बताउनुभयो। पुल निर्माण सम्पन्न भए दैलेखको पश्चिम क्षेत्रको नयाँ सहरको बजारबाट सुदूरपश्चिम प्रदेशको अछामको उत्तरी क्षेत्रलगायतका विभिन्न जिल्लामा यातायात सहज हुनेछ।   

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...

थप पढ्नुहोस्

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

थप पढ्नुहोस्