रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन मेरो पनि भूमिका छ : माधवकुमार नेपाल
काठमाडाैं | फागुन २५, २०७९
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको बताएका छन् ।
संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले प्रचण्डले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरे पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका हुन् ।
नेपालले भने, ‘मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दा नेपाली कांग्रेसलाई नै राष्ट्रपतिको उम्मेदवार बनाऔं । हामी सबैको सहयोगमा पौडेल जीलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौं । उहाँलाई राष्ट्रपति उम्मेदवार बनाउन हाम्रो पनि भूमिका छ । ’
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

