एपी वान टेलिभिजनका महोत्तरी संवाददातामाथि आक्रमण
महोत्तरी | फागुन २५, २०७९
तस्बिर: साभार
महोत्तरी : एपी वान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीमाथि बुधबार साँझ आक्रमण भएको छ। होली पर्वको समाचार संकलन गरी फर्किरहेको समयमा जलेश्वर नगरपालिका-५ मा उनीमाथि आक्रमण भएको हो।
मदिरा सेवन गरेर हिँडिरहेका समूहले चौधरीको टाउकोमा बियरको बोतल प्रहार गरेका थिए। उनको टाउकोमा चोट लागेको छ। उनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ। यता घटना निन्दनीय रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ।
पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले समाचार संकलन गरेकै भरमा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई हदसम्मको कारवाहीको माग गरेका छन्।
सचिव महतोले महोत्तरी प्रहरी प्रशासनसँग घटनालाई सुक्ष्म रूपमा अनुसन्धान गरी संलग्नलाई कारवाहीको माग गरिएको छ। पत्रकारलाई निष्पक्ष रुपमा काम गर्ने वातावरण निर्माण गरिदिन स्थानीय सरोकारवाला निकायसमक्ष सचिव महतोले आग्रह गरेका छन्।
प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलका अनुसार भारत विहार राज्य मधुवापुर थाना ठेगाना भएका १८ वर्षीय संजित कुमार मण्डललाई पक्राउ गरिएको जनाएको छ। अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

