सुहानालाई गण्डकी डान्सको उपाधि

पाेखरा | फागुन २८, २०७९

सुहानालाई गण्डकी डान्सको उपाधि

पोखरा:    नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो डान्स गण्डकी डान्सको उपाधि सुहाना गुरुङले जितेकी छन् । उपाधि सगैँ उनले नगद ५० हजार रुपैँयाको साथमा एक थान मोबाइल र बिभिन्न गिफ्ट  प्राप्त गरिन । 


शुक्रबार पोखरा उद्योग बाणिज्य सघंको सभाहलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले अन्तिम ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन। 


उनी हाल पोखरा २ मा रहेको लाभिन रेसिडेन्सियल स्कुलमा कक्षा ३ मा अध्ययनरत रहेकी  छिन् ।


उक्त प्रतियोगिताको फ्ष्ट रनर अफमा युना पुन,सेकेन्ड रनर अफमा अप्सरा क्षेत्री, तेस्रोमा दिब्या गुरुङ,चौथो रनर अफमा आयुसा पोख्ररेल ,भिवर च्वाईसमा सुजाता थापामगर, बेष्ट प्रर्फमरको उपाधि सिमा बिकले हात पार्न सफल भइन । 


जस अन्तरर्गत फष्ट र सेकेन्ड  रनरअफले  एक थान मोबाइल सेटको साथमा नगद  १० हजार रुपैयाँ प्राप्त गरे ।


१० ओटा चरणमा पार गरि  डान्सको फाइनल कार्यक्रम भएको हो। 


ग्रान्ड फिनाले प्रतियोगिताको जर्जको रुपमा नृत्य निर्देशक एब्म कोरियोग्राफर  महेश गोदार,धमेन्द्र पौडेल, रोशनी छिनाल रहेका थिए । 


यस अघिका चरणहरुमा जर्जको रुपमा नायक तथा नृत्य निर्देशक बिजय तामाङ,नृत्य निर्देशन मनिष सिङ,सृजना आले,रक्षा कुँवर , जिफानका पुर्ब अध्यक्ष एब्म गुरुङ चलचित्रकि नायिका जसु गुरुङ र कोरियोग्रफर कमल गुरुङ रहेका थिए । 


कार्यक्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआजी बुद्धिराज गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशमा रहेका नृत्य प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु  निरन्तर हुनु आवश्यक रहेको जनाए ।


कार्यक्रमको मुख्य प्रयोजकको रुपमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक कमलराज खनाल,ब्यवस्थापक रोहन गुरुङले गरेका थिए ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्