नेपाललाई पीएनजीको ९६ रनको सहज लक्ष्य
काठमाडाैं | फागुन २९, २०७९
काठमाडौं: सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनायो ।
पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झर्नुभयो ।
नेपाल आजको खेलमा पनि लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।
तालिकाको अन्तिममा रहेको पीएनजी छनोटबाट बाहिरि सकेको छ । लिग-२ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईसँग खेल्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

