करेन्ट लागेर झापामा एकजनाको मृत्यु
झापा | चैत १, २०७९
झापा : झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कडरिया बुधबार बिहान ७ बजे घर नजिक सडक छेउको काभ्रा रुखमा चढेर घाँस काट्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

