काठमाडौंका सबै वडामा आजदेखि निःशुल्क कानुनी परामर्श सेवा

काठमाडाैं | चैत २, २०७९

काठमाडौंका सबै वडामा आजदेखि निःशुल्क कानुनी परामर्श सेवा

काठमाडौं:  काठमाडौं महानगरपालिका ३२ वटै वडामा आज (बिहीबार) बाट निःशुल्क कानुनी सहायता सुरु भएको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले विवादहरू समाधानका लागि महानगरका ३२ वटै वडामा निःशुल्क कानुनी सहायता सुरु गरिएको बताउनुभयो ।

 

जसका लागि महानगरले नेपाल ल क्याम्पसँग सम्झौता गरेको छ  । क्याम्पसका स्नातक उत्तीर्ण गरेका ३२ जना कानुनी परामर्शका लागि वडामा खटिने छन् ।

 

प्रवक्ता मानन्धरका अनुसार महानगरका वडाका सामान्य विवादहरू महानगरको न्यायिक समितिसम्म आउने गरेका कारण वडामै विवाद समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।

 

उहाँले भन्नुभयो, ‘‘महानगरका वडाहरूबाट सामान्य किसिमका विवादहरू समाधानका लागि न्यायिक समितिमा आउने प्रवृत्ति बढी भयो । सबै समस्या समाधानका लागि समय धेरै लाग्ने देखियो । त्यसकारण चाप कम गर्न वडामै समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।’’

 

वडामा खटिने कानुनी व्यक्तिले पनि विवाद समाधान गर्न नसकेको विषयमा महानगरको न्यायिक समितिले समाधान गरिदिने उहाँको भनाइ छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्