नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडाैं | चैत २, २०७९

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित  भएको छ ।

 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य  दशमलब ५१ अङ्कले ओरालो लागेर  तीन सय ६४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।

 

विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार  पुँजीकरण रू २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ पुगेको छ ।

 

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रू चार करोड ९४ लाख ९२ हजार छ सय १९ बराबरको कारोबार भयो । नविल बैंक रू तीन करोड ९६ लाख ८३ हजार सात सय ३१, हिमालयन डिस्टिलरी रू तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५, नेपाल लाइफ इन्स्योरेन्स रू तीन करोड ३० लाख तीन हजार आठ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर रू दुई करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

 

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८,किसान लघुवित्त चार दशमलब ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले चार दशमलब २५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

त्यस्तै, लक्ष्मी लघुवित्त पाँच दशमलव ७६, नयाँ सारथी लघुवित्त चार दशमलब ८०,प्रभु लाइफ इन्स्योरेन्स चार दशमलब ७४, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलब ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ ।

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...

थप पढ्नुहोस्