चिप्लेढुङ्गामा एकाबिहानै बसले हानेर दिक्षाको ‘स्पट डेथ’

पाेखरा | चैत ३, २०७९

चिप्लेढुङ्गामा एकाबिहानै बसले हानेर दिक्षाको ‘स्पट डेथ’ PHOTO: RUDRA PARAJULI

पोखरा:  पोखरा चिप्लेढुङ्गामा आज बिहान नगरबसले स्कुटरलाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ पस्र्याङ बस्दै आएकी २४ वर्षीय दिक्षा कार्की रहेकी छिन् ।

 

उनको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार आज बिहान ७ः १० बजे सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

अहिले ठक्कर दिएको बस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्