स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा ६ सय मत खस्यो

काठमाडाैं | चैत ५, २०७९

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा ६ सय मत खस्यो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मतदान प्रक्रिया सुरू भएको छ । निर्वाचन तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको थियो ।

 

त्रिविको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट विपिन विक,नेकपा एमाले अनेरास्ववियुबाट प्रकाश विष्ट,नेपाली कांग्रेस निकट नेविसंघबाट श्यामराज ओझा, विप्लव निकट अखिल क्रान्तिकारीबाट मदन केसीलगायत चुनावी मैदानमा छन्।

 

कूल तीन हजार चार सय ३६ मतदाता रहेको केन्द्रीय क्याम्पसमा बिहान ११ बजेसम्म ६ सय मत खसेको अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदीप भट्टले अन्नपूर्णलाई जानकारी दिए । देशभरिका ६० आगिंक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरू भएको हो । 

 

 त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए। 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्