प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडाैं | चैत ५, २०७९

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

 

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।

 

बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने जानकारी दिए।


संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजै केहीबेरमै कांग्रेस संसदीय दलको बैठक बसेर कार्यासम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्नेछ।

 

प्रधानमन्त्री प्रचण्‍डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी छ।

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्