रामराज्य भनेको नै प्रजातन्त्र हो: सभापति शर्मा

पाेखरा | चैत ५, २०७९

रामराज्य भनेको नै प्रजातन्त्र हो:  सभापति शर्मा

पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले रामराज्य भनेको नै प्रजातन्त्र भएको जानकारी गराएका छन् ।


शनिबार नेपाल शिक्षक संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रम सभामा प्रमुख अतिथिको मन्तब्य व्यक्त गर्दै सभापति शर्माले भगवान राम प्रजातन्त्रवादी भएको हुँदा नै प्रजातान्त्रिक सोंचका कारण नीतिवान र नैतिकवानले गर्दा रामराज्य सुखको राज्य भएको बताए ।


नैतिकवान मुखले मात्र बोलेर नहुने व्यवहारमा उतार्नुपर्ने बताउँदै उनले भने “जनतालाई सुखी र खुसी बनाउन भगवान रामले जुन अथाह मेहनत र प्रयास गरेर उपलब्धी प्राप्त गरेका थिए त्यो नै रामराज्य भएको र त्यसको लागि प्रजातन्त्रको बाटो हिड्नु आजको आवश्यकता हो ।”  


उक्त कार्यक्रममा बोल्दै “शिक्षक भनेको समाजको अगुवा हो, समस्या देखाउने होइन समस्यालाई समाधानको नेतृत्व गरेर अगाडि बढ्न सक्नु पर्छ, साहस राखेर अगाडि बढ्ने हो, समस्याको समाधान गर्न सकिदैन भने त्यो कम्युनिष्ट हो । प्रजातन्त्रवादीहरुको समस्या पनि अनेकौं हुन्छन् र समाधान पनि अनेकौ किसिमबाट विकल्प निकाल्न सकिने हुन्छ । कम्युनिष्ट सँग समस्या हुँदै हुँदैन, समस्या आएभने समाधान गर्न सक्दैनन्, बरु टुक्रिन्छन् ।” उनले भने ।


समस्या सबैका हुने भएको हुँदा झन समस्या थप्ने होइन, समाधानका उपाय खोजेर अगाडि बढ्न आग्रह गर्दै शिक्षा सुधारको लागि शिक्षकहरुले आवश्यक ठानेमा जुनसुकै ठाउँमा उभिएर सहयोग गर्न तयार रहेको उनले बताएका थिए ।


शिक्षकले संस्कार र पद्धति सिकाउने भएको हुँदा अरुलाई दोष दिएर आफु चोखो नबनी विद्यार्थी मैत्री बन्नु पर्छ उनले भने, शिक्षकबाट सबैभन्दा बढी प्रभावित विद्यार्थी हुन्छन्, उनिहरुले सिकाएको शिक्षा स्तरीय भयो भने बल्ल प्रभावित बन्छ र विद्यार्थी प्रजातन्त्रवादी बन्छ त्यसैले शिक्षकहरुले चाहेको खण्डमा देशकै नेतृत्व गरेर अगाडि बढ्ने सक्ने भएको हुँदा समस्या समस्या भनेर पछाडि हट्न नहुने उनले बताए ।


साथै सभापति शर्माले विकशित मुलुकको तुलनामा भौतिक रुपमा हामी कमजोर भएपनि हाम्रो संस्कार, संस्कृति र भौगोलिक वनावटले सबैभन्दा उच्च भएको हुँदा हामीले आफ्नो शिक्षा नीतिलाई संस्कार सँगै अगाडि बढाएमा शिक्षा नीति विश्वमै अग्रस्थानमा आउने जानकारी गराए ।


उक्त कार्यक्रममा पूर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण केसी, उपसभापति युवराज कुँबर, निवर्तमान सचिव सुदिपमोहन भट्टराई, गण्डकी प्रदेश सदस्य एवम् प्रचार विभाग उपप्रमुख शिरोमणि बराल, नेपाल ट्रेड युनियन गण्डकी प्रदेश सभापति मुरारी शर्मा, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सभापति शिरोमणि लामिछाने लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।


उद्घाटन सत्रको अवसरमा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो ।


रमेश मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजु क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए । 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्