घटेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक

काठमाडाैं | चैत ५, २०७९

घटेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेको छ।

 

सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेर ३६२.२६ विन्दुमा झरेको छ। यसदिन २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख  ४ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भयो। ३० हजार ७७५ पटक कारोबार भयो।

 

ओरालो लागेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। मनुषी  लघुवित्त वित्तीय,युनिक नेपाल लघुवित्त वित्तीय र शुभम पावरको मूल्य १० प्रतिशतले बढेको हो।

 

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६ करोड १० लाख मूल्य बराबरको  ​​​​​​​शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एसियाका ४ करोड ८४ लाख बढि मूल्यको सेयर कारोबार भयो।

 

कारोबारमा आएका १३ उपसमूहमध्ये  ५ को मूल्य बढ्दा ८ उपसमूहका लगानीकर्ताले गुमाए।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्