जातीय भेदभावविरुद्ध ‘आवाज’को र्याली

पाेखरा | चैत ७, २०७९

जातीय भेदभावविरुद्ध ‘आवाज’को र्याली

पोखरा:  जातीय समानताको लागि लामो समयदेखि काम गर्दै आएको संस्था ‘आवाज’ले मंगलबार पोखरामा शान्तिपूर्ण र्याली निकालेको छ ।

 
५८ औँ अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा निकालिएको र्याली पोखरा १६ मा निकालिएको हो । उक्त अवसरमा आवाजका अध्यक्ष प्रकाश सुनारले नेपाली समाजले अझैपनि जातीय विभेदलाई परास्त गर्न नसकेको बताए । 


अध्यक्ष सुनारले भने ‘जातीको आधारमा मान्छेमाथि गरिने विभाजन र भेदभाव मौलिक अधिकारको उल्लंघन हो । यस विभेद अन्त्यका लागि सबै आआफ्नो ठाउँबाट संवेदनशील हुन आवश्यक छ ।’ त्यस्तै, वडा १६ का सदस्य रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए । 


‘गणतन्त्रमा जातीय विभेदको स्थान छैन’ वडासदस्य पौडेलले भने ‘संविधानमा प्रदत्त अधिकारले कसैलाई कुनैपनि आधारमा भेदभाव गर्न पाइँदैन ।’
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्