९ हजार कर्मचारी कटौती गर्दै अमेजन
काठमाडाैं | चैत ७, २०७९
सान फ्रान्सिस्को: अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन्।
एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन्। यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो।
कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन्। अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो। विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आबद्ध छन्।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

