कांग्रेस नेता गणेशप्रसाद विमलीको निधन
काठमाडाैं | चैत ८, २०७९
काठमाडौं : नेपाली कांग्रेसका तेह्रथुमका पूर्वजिल्ला सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित नेता विमलीको भारतमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो।
२०३६ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका विमली नेपाली कांग्रेसको जिल्ला सभापतिहुँदै महाधिवेशन प्रतिनिधि,महासमिति सदस्यलगायत विभिन्न सांगठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेका थिए।
उनको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज गुमाएको जनाएको छ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

