पोखराको वन विज्ञान क्याम्पसमा चैत १२ गते स्ववियु निर्वाचन, पाँच विद्यार्थी संगठन दर्ता
पाेखरा | चैत ९, २०७९
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन चैत १२ गते हुने कार्यतालिका अनुसार ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका छन् ।
क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका अनुसार (हिजो बुधबार )फागुन ८ गते ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी र अखिल क्रान्तिकारी ‘विप्लव’ले संगठन दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए ।
निर्वाचन अधिकृत डा. पुरीका अनुसार क्याम्पसमा ४ सय ८० जना मतदाता रहेका छन् ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको हो ।
त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि कास्कीको ६ क्याम्पसमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेको थिएन ।

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...
काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित नि...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म ...

