पोखराको वन विज्ञान क्याम्पसमा चैत १२ गते स्ववियु निर्वाचन, पाँच विद्यार्थी संगठन दर्ता
पाेखरा | चैत ९, २०७९
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन चैत १२ गते हुने कार्यतालिका अनुसार ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका छन् ।
क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका अनुसार (हिजो बुधबार )फागुन ८ गते ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी र अखिल क्रान्तिकारी ‘विप्लव’ले संगठन दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए ।
निर्वाचन अधिकृत डा. पुरीका अनुसार क्याम्पसमा ४ सय ८० जना मतदाता रहेका छन् ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको हो ।
त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि कास्कीको ६ क्याम्पसमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेको थिएन ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

