फेवा महोत्सवको तयारी तीव्र

पाेखरा | चैत १०, २०७९

फेवा महोत्सवको तयारी तीव्र

पोखरा:  नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो कामलाई बढाएको र विभिन्न उपसमिति गठन गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।


चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटबाट हल्लनचोकसम्मको सडकमा गरिने महोत्सवका लागि विभिन्न स्ट्रिटअन्तर्गत होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।


अहिले होटलमा क्षमताको ८० देखि ९० प्रतिशत भरिभराउ हुनुपर्ने भए पनि पर्यटकीययाममा नै १५ देखि २० प्रतिशत मात्र रहेको बताउँदै उहाँले सञ्चालन खर्च धान्न पनि मुस्किल परेको बताउनुभयो । गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उहाँको भनाइ छ ।


होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताउनुभयो । यती जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उहाँले पर्यटकको याममा पनि होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद् भएको बताउनुभयो ।


सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले महोत्सवमा नयाँपन दिनसके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनियाँ संस्कृतिसम्बन्धी कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव दिनुभयो ।


सल्लाहकारहरू गोविन्दराज पहारी, लक्ष्मीबहादुर भट्टराई, सङ्घका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनलगायतले कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो 

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।  यससँगै उपभोक्ताले एक तोला...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्