नेप्से परिसूचक २६ अंकले घट्यो, ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार

काठमाडाैं | चैत १२, २०७९

नेप्से परिसूचक २६ अंकले घट्यो,  ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार

काठमाडौं:  आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । 

 

यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । 

 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्